Our Network

मंसिर २३ २०७८, बिहीबार

कोरोना सङ्क्रमणबाट दाङमा एक महिलाको मृत्यु

दाङ। दाङमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लमही नगरपालिका ९ की २४ वर्षीया महिलाको कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा मृत्यु भएको हो ।

शनिबार बिहान साढे ४ बजेतिर मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण बहादुर वलीले जानकारी दिनुभयो । उनी यही भदौ १० गतेदेखि अस्पतालमा आइसीयूमा उपचाररत थिइन् ।

साथै उनलाई निमोनिया, श्वासप्रश्वास र कोरोना संक्रमण भएको अस्पतालले जनाएको छ । हाल अस्पतालमा ७ जना कोरोना सङ्क्रमितहरू आइसीयूमा उपचाररत रहेको अस्पतालले जनाएको छ ।

Leave a Reply