प्रहरी हवल्दारको मृत्युपछि सडकमै शव राखेर राजमार्ग ठप्प | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

प्रहरी हवल्दारको मृत्युपछि सडकमै शव राखेर राजमार्ग ठप्प

काठमाडौं, १० असोज । बैतडीमा बसको ठक्करबाट सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ । पाटन नगरपालिका –८ हरिचनका ३७ वर्षीय नरेन्द्रसिंह महराको घटनास्थलमै मृत्यु भएको हो ।

उनी आश्रित गुल्म बाजुरामा सशस्त्र प्रहरी हवल्दारका रुपमा कार्यरत थिए । उनी बाजुराबाट घर आउने क्रममा गएराती २ बजे दशरथचन्द राजमार्ग अन्तर्गत हरिचन मोडमा नम्बर नखुलेको गाडीले ठक्कर दिएको बैतडी प्रहरीले जनाएको छ । उनलाई ठक्कर दिने बसको पहिचान हुन सकेको छैन् ।

महराको मृत्युपछि सो राजमार्ग अबरुद्ध पारिएको छ । मृतकका आफन्तले दोषीको पहिचान नहुँदासम्म यातायात सुचारु गर्न नदिने चेतावनी पनि दिएका छन् । महराको शव बिच सडकमै राखिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);