युवकको मृत्युपछि कन्चनपुर तनावग्रस्त, सडकमै शव राखेर प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कन्चनपुर, १८ फागुन । भारतीय नम्बर प्लेटको जीपको ठक्करबाट एक युवकको मृत्यु भएपछि मृतकका आफन्तले महेन्द्रनगर बजार ठप्प पारेका छन् । मृतकका आफन्तले दोषी चालकलाई कार्बाही र उचित क्षतिपूर्ति माग गर्दै महेन्द्रनगर बजारसँगै यातायात सेवा समेत ठप्प पारेका छन् ।

उनीहरु बिहानैदेखि हातमा लाठीसहित बजार बन्द गराउन हिँडेका थिए । कञ्चनपुर सदरमुकाम पूर्ण रुपमा बन्द गराइएको छ । उनीहरुले जिल्ला प्रशासन कार्यालय बाहिर धर्ना समेत दिए । मृतकका आफन्तले दोषी चालकलाई कार्बाही र उचित क्षतिपूर्ति नदिएसम्म शव नउठाउने अडान लिएका छन् । मृतकको शव घट्नास्थलमै रहेको छ ।

बिहीबार राति महेन्द्रनगर–गड्डाचौकी सडकखण्डको बनगाउँमा युके ०३–७१०१ नम्बरको भारतीय नम्बर प्लेटको जीपले ठक्कर दिँदा भीमदत्त नगरपालिका ६ का ४५ वर्षीय मोहन चन्दको मृत्यु भएको हो । ठक्कर दिने जीपका चालक फरार छन् भने जीप प्रहरी नियन्त्रणमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);