प्रशासकीय अधिकृत कार्यलयमा नबस्दा सेवाग्रही मारमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रशासकीय अधिकृत कार्यलयमा नबस्दा सेवाग्रही मारमा

शिखा श्रेष्ठ
धदिङ, १८ फागुन । धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगन्नाथ लामिछाने कार्यलयमा नबस्दा सेवाग्रही मारमा परेका छन् । पटक पटक कामका लागि नगरपालिका धाउँदा पनि अधिकृतलाई नभेटेपछि सेवाग्रही आक्रोशित भएका छन् । तर नगरपालिका प्रमुख भिम प्रसाद ढुङ्गनाले भने अधिकृत लामिछानेको बचाउ गरेका छन् ।

नक्सा पास सिफारिस लगायतका कामकाजका लागि सेवाग्रही नीलकण्ठ नगरपालिका पुग्छन् । तर प्रशासकीय अधिकृत जगन्नाथ लामिछाने कार्यालयमा नबस्दा रित्तो फर्किन बाध्य छन् । अन्य शाखाबाट काम भएपनि अधिकृतको हस्ताक्षर नभएपछि काम प्रभावित भएको हो । टाढाटाढाबाट खर्च गरेर सेवाग्राही दिनदिनै नगरपालिका धाउने गरेका छन् । तर अधिकृत भोली आउने भाका राख्दै सेवाग्राहीलाई फिर्ता पठाउने गरिएको छ । सेवाग्रहीले नियमित सेवा प्रदान गर्न माग गरेका छन् ।

प्रशासकीय अधिकृत लामिछानेले भने आफु विशेष मिटिङका लागि बाहिर गएको फोनमार्फत जानकारी गराएका छन् । उता नगरपालिकाका प्रमुख भिम प्रसाद ढुङ्गनाले संयोगबस अधिकृत लामिछाने अफिसमा नरहेको भन्दै बचाउ गरे । स्थानीय तहको निर्वाचनपछि सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको छ । तर धादिङको नीलकण्ठ नगरपालिकाका सेवाग्रहीले स्थानीय तहबाट सेवाको सट्टा हैरानी मात्र पाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);