कृष्णनगरमा अधिकृत नहुँदा कामकाज ठप्प, शिक्षक अन्दोलित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कृष्णनगरमा अधिकृत नहुँदा कामकाज ठप्प, शिक्षक अन्दोलित

krishnanagar

कपिलवस्तु ,१२ फागुन । विगत ३ महिना देखी कपिलवस्तुको कृष्णनगर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुदा कामकाज ठप्प भएको छ । अधिकृत नहुदा दैनिक आउने सेवा ग्राही निरास हुदै फर्किने गरेका छन । कृष्णनगरका प्रमुख प्रशासकीय अधिकृत दमोदर भण्डारी पाल्पाको तिनाउ गाँउपालिकामा सरुवा भई गएपनि कृष्णनगर अधिकृत विहिन भएको हो ।

गत साउन ९ गते निमित्त प्रमुख प्रशासकीयको जिम्मेवारी सम्हाल्दै आएका राज प्रसाद तिपाठी आवकास भएपछी भदौमा भण्डारी कृष्णनगर आएका थिए । भण्डारी कृष्णनगरमा मुस्कीलले १ महिना मात्र बसेर सोर्स फोर्सको दमले मंसीर मै आपनो पायक पर्ने स्थानमा सरुवा गराए ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाह र उपप्रमुख सबनम खातुनले प्रमुख प्रशासकीय अधिकृतको लागि ५ पटक काठमाण्डौ धाउदा समेत कुनै सुनुवाई नभएको प्रमुख शाहले बताउनु भयो ।

शाहले पटक पटक संघीय मामिला तथा समान्य प्रशासन मन्त्रलायका मन्त्रीलाई भेटेर कृष्णनगरमा अधिकृत पठाउन माग गर्दा पनि मन्त्रालयले कुनै पहल नगरेको उहाले बताउनु भयो । शाहले भने मैले तत्कालिन मन्त्री मन्त्री लालबाबु पण्डित र अहिलेको मन्त्री हृदेश ज्युलाई पटक पटक कार्यकारी पठाउन मग गरे तर हाल सम्म कोही आएनन् ।

जिल्ला प्रशासन कार्यालयबाट दुई पटक ज्ञापन बुझाए पनि हाल सम्म मन्त्रालयले कार्मचारी नपठाउनु दुखद भएको उप प्रमुख सबनम खातुनले बताउनु भयो । कृष्णनरको विकासको बाधक अहिले मन्त्रालय रहेको उहाले आरोप लागाउनु भयो ।

नगरपालिकामा अधिकृत नहुदा विकास निर्माणको काम ठप्प हुनुका साथै प्रशानिक काम बन्द भएको छ । त्यस्तै कर्मचारीले तलब खानाबाट समेत बन्चित भएका छन् ।

कृष्णनगर केही महिनादेखि अधिकृत विहिन भएकाले तलब नपाएका शिक्षकहरु आन्दोलन शुरु गरेका छन । आइतबार कृष्णनगर नगरपालिकाको कामकाज ठप्प पारेर नगरपालिका भित्रका कुल २७ सामुदायिक र २२ धार्मिक विद्यालयका शिक्षकहरु चरणबद्ध आन्दोलनमा उत्रिएका छन । नगरपालिका भित्रको शिक्षकहरुले नगरपालिका तालाबन्दी गरि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा ज्ञापनपत्र समेत बुझाएका छन । शिक्षकहरुले दैनिक दुई घण्टा नगरपालिका आएर धर्ना दिने बताएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पटक पटक सुचना गरेपनि कृष्णनगर नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत र लेखा अधिकृत नपठाएका कारण शिक्षक, कर्मचारी , उपभोक्ता समिति तथा अन्य योजनाहरुको काम ठप्प रहेको नगरप्रमख रजतप्रताप शाहले बताउनुभयो । मन्त्रालयलाई आफ्नो राजनितिका लागि दाउंपेचबाट चलाउन खोज्ने केही स्थानिय नेताहरुका कारण कर्मचारी आउन नसकेका र पांच महिनादेखि तलब खान नपाएका शिक्षकहरु आन्दोलित हुनु स्वाभाविक रहेको नगरप्रमुख शाहको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);