जुम्लामा गुडिरहेको ट्रयाक्टरबाट खसेर एक युवकको मृत्यु  | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

जुम्लामा गुडिरहेको ट्रयाक्टरबाट खसेर एक युवकको मृत्यु 

काठमाडौं । जुम्लाको सिँजा गाउँपालिका–३ स्थित नराकोटमा शनिबार साँझ गुडिरहेको ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जुम्लाकै चन्दननाथ नगरपालिका–७ का २२ वर्षीय सन्तोष नेपाली रहेका छन् ।

ट्रयाक्टरबाट खसेर गम्भीर घाइते भएका नेपालीको उपचारको क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गएराती ९ बजे  मृत्यु भएको प्रहरीले जनाएको छ । सिँजाबाट जुम्ला बजारतर्फ आउँदै गरेको भे २ त १०४४ नम्बरको ट्याक्टरमा सवार नेपाली हिजो साँझ ६ बजे सोही ट्रयाक्टरबाट खसेका थिए । ट्रयाक्टर सहित चालकलाई जिल्ला प्रहरी कार्यालय जुम्लाले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);