एमबीबीएस पढाइकाे उद्घाटन गर्न आगामी आइतबार जुम्ला आउँदै राष्ट्रपति भण्डारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

एमबीबीएस पढाइकाे उद्घाटन गर्न आगामी आइतबार जुम्ला आउँदै राष्ट्रपति भण्डारी

जुम्ला । राष्ट्रपति विद्यादेवी भण्डारी भण्डारी आगामी साता जुम्ला आउने भएकी छन् ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सुरु गरेकाे एमबीबीएसलगायतका कार्यक्रमको उद्घाटन गर्न उनी २६ मंसिरमा जुम्ला आउन लागेकी हुन् ।

प्रतिष्ठानका उपकुलपति डा मंगल रावलका अनुसार राष्ट्रपति भण्डारी जुम्ला आउने कार्यक्रम तय भइसकेको छ । एमबीबीएस  र  प्रतिष्ठानका अन्य कार्यक्रममा सरिक हुन राष्ट्रपति भण्डारी आउन लागेकाे उनले बताए । प्रतिष्ठानले आइतबारबाट एमबीबीएस कार्यक्रम सुरु गरेकाे छ । प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतका अनुसार राष्ट्रपतिबाट उद्घाटन भएपछि नियमित पढाइ सुरु हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);