'भारतमा छापिएको नेपालको नक्सामा नेपाली भु-भाग नै गायव' | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

‘भारतमा छापिएको नेपालको नक्सामा नेपाली भु-भाग नै गायव’

काठमाडाैं, २५ असाेज । नेपाल-भारतको सिमा खुल्ला छ । खुल्ला सिमाका कारण नेपाली  पिलर समेत गाएब हुने गरेका छन् । सिमाविद् बुद्धिनारायण श्रेष्ठले भारतमा छापिएको नेपालको नक्सामा नेपाली भु-भाग नै गायव भएको बताएका छन् । उनका अनुसार लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपालकाे नक्सामा नै उल्लेख छैन । भारतमा छापिएकाे नेपाली नक्सा जताजतै छ्यापछ्याप्ती पाइन्छ । यद्यपी नापी विभागमा छापिएको नेपालको नक्सामा लिपुलेक र कालापानी उल्लेख गरिएको छ तर लिम्पियाधुरा उल्लेख गरिएको छैन । जुन नक्सा नेपाली बजारमा पाउनै मुस्किल छ । त्यो सरकारी नक्सा सर्वसुलव नहुँदा नेपालको धेरै भु-भाग खुम्चिएको उनले बताए । माउन्टेन टेलिभिजनको दैनिक प्रस्तुती आजको सन्दर्भमा कुराकानी गर्दै सिमाबिद् श्रेष्ठले यस्तो बताएका हुन् । सिमाविद् श्रेष्ठसँग गरिएको थप संवाद हेर्नका लागि तलको भिडियो हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);