विशेष सहायताको व्यवस्था गर्न होचापुड्का नागरिकको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

विशेष सहायताको व्यवस्था गर्न होचापुड्का नागरिकको माग

काठमाडौं, २५ असोज । होचापुड्का नागरिकहरुले शिक्षा, स्वास्थ्य र यातायातको क्षेत्रमा विशेष सहायताको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

नेपाल होचापुड्का संघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी शिक्षा, स्वास्थ्य र यातायातको क्षेत्रमा विशेष सहायताको व्यवस्था गर्न सरकारसँग माग गरेको हो । शारिरीक रुपमा कमजोर रहेका आफूहरुलाई शिक्षा, स्वास्थ्य र यातायातको क्षेत्रमा सहुलियत दिएर सरकारले सहयोग गर्नुपर्ने संघका पूर्व अध्यक्ष विष्णुलाल गुरुङले बताए ।

संघले देशभरका होचापुड्का नागरिकहरुको आवश्यक्ता र सरोकारलाई सरकारले चाँसो नदिएको गुनासो गर्दै आएको छ । पूर्वअध्यक्ष गुरुङले आफूहरुलाई गरिएको आर्थिक सहायता पनि सरकारले कटौति गरेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);