विना औचित्यको उपचुनावलाई समर्थन गर्न सकिदैन : नेता रावल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

विना औचित्यको उपचुनावलाई समर्थन गर्न सकिदैन : नेता रावल

Bamdev-Gautam-and-rambir-manandar

काठमाडौं, २५ असोज । नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतम उपचुनावमार्फत प्रतिनिधिसभा छिर्ने तयारी गरेपछि नेकपामा खैलाबैला मच्चिएको छ । गत सोमबारनै काठमाडौं–७ का सांसद रामवीर मानन्धरले नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई राजीनामा दिन तयार रहेको पत्र बुझाएपछि त्यसले नयाँ बहस सुरु गरेको छ ।

बामदेव गौतमलाई काठमाडौं–७ मा चुनाव लडाउने निर्णयका लागि बस्न खोजेको नेकपा सचिवालय बैठक दुईपटक स्थगित भएर अनिश्चित भएको छ । पहिलोपटक एउटा किताव विमोनका लागि स्थगित गरिएको बैठक बुधबार कुनै कारण नभनी अनिश्चितकालका लागि स्थगित भएको हो । सचिवालयनै अनिश्चित भएकावेला नेकपाका नेताहरुले भने स्थायी कमिटिबाट मात्र निर्णय गर्न माग गर्दै सचिवालयले एकलौंटी निर्णय गरे त्यसले दुरगामी असर पार्ने चेतावनी दिएका छन् ।

वामदेव गौतमलाई नजिकबाट चिनेका वरिष्ठ कम्युनिष्ट नेताहरु गौतम चरम महत्वकांक्षी नेता भएका कारण उपचुनाव हुन लागेको भन्दै त्यसो भए राजनीतिमा नयाँ तरंग आउने बताएका छन् । वर्तमान प्रधानमन्त्रीको विकल्पमा पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल प्रधानमन्त्रीको दाउमा रहेको भन्दै बामदेव पनि थपिन लागेको भन्दै त्यसले नेकपा एकताको स्थायित्वमा समेत प्रश्न उठनसक्ने उनीहरुको बुझाई छ ।

संसदमा निर्वाचन कानुन बन्दै गर्दा उपचुनावले धेरै खर्च बढाउने र राज्य कोषमा क्षति पुग्ने भन्दै कानुनमा दुर्घटना भएमा मात्र उपचुनावको व्यवस्था गरिएको छ । त्यसवेला दुइ ठाउँबाट चुनाव लडन हुँदैन भन्ने पक्षमा देखिएका एमाले नेता रावल अहिले पनि त्यही अडानमा देखिएका छन् । उनले त स्थायी कमिटिमा उपचुनावका औंचित्यका विषयमा बहस हुने भन्दै आफूले विना औचित्यको उपचुनावर्लाइ समर्थन गर्न नसकिने बताउँछन् ।

देश वाममय भएका बेला गत वर्ष मंसिरको प्रतिनिधिसभा चुनावमा वामदेव गौतम वर्दिया–१ बाट पराजित भएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);