प्रधानमन्त्री ओलीले भने, ‘प्रहरीको इमान्दारिता र कर्तव्यनिष्ठा प्रशंसनीय छ’ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रधानमन्त्री ओलीले भने, ‘प्रहरीको इमान्दारिता र कर्तव्यनिष्ठा प्रशंसनीय छ’

pm oli

काठमाडौं, २५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीको भूमिकाको प्रशंसनीय रहेको बताएका छन् ।

पछिल्लो समय हत्या, हिंसा, बलात्कारलगायतका घटना नियन्त्रण गर्न नसकेको भन्दै प्रहरीको भूमिकालाई लिएर आलोचना भईरहेका बेला प्रधानमन्त्री ओलीले नेपाल प्रहरीको दृढता, इमान्दारिता र कर्तव्यनिष्ठाको प्रशंशा गरेका हुन् । । ६३ औं प्रहरी दिवसको अवसर पारेर बिहिबार नक्सालस्थित प्रहरी प्रधान काार्यालयमा आयोजित कार्यक्रममा उनले संयुक्त राष्ट्र संघको मिसनमा रहेर नेपाल प्रहरीले खेलेको भूमिकाको पनि प्रशंसा गरे ।

प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल र सुःखी नेपाली’ बनाउने अभियानलाई सार्थक बनाउन नेपाल प्रहरी थप जिम्मेवार बन्नुपर्ने बताए । कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीलाई नमूना प्रहरी संगठनको रुपमा स्थापित गराउने प्रतिवद्धता व्यक्त गरे ।

खनालले प्रधानमन्त्री ओलीको गतिशील संरक्षकत्वले प्रहरी संगठनलाई प्रभावकारी बनाउन प्रेरणा दिएको उल्लेख गरे । महानिरीक्षक खनालले नेपाल प्रहरीले अपराध नियन्त्रणका लागि सूचना र प्रविधिको विकासमा जोड दिएको उल्लेख गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);