वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाडौं, ३०, भदौ । सरकारले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ ।

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले गौतमलाई राष्ट्रिपतिबाट मनोनयन गर्ने कोटामा राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको हो ।

यसअघि सत्तारुढ नेकपाले राष्ट्रिय सभाको रिक्त एक सीटमा गौतमलाई मनोनित गर्न सरकारसमक्ष सिफारिश गरेको थियो ।

२०७४ सालमा भएको प्रतिनिधि सभाको निर्वाचनमा गौतम वर्दियाबाट नेपाली कांग्रेसका सञ्जय गौतमसँग पराजित हुनुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);