मन्त्रिपरिषदको बैठक जारी,राष्ट्रिय सभाका लागि सांसदमा गौतमलाई सिफारिस गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

मन्त्रिपरिषदको बैठक जारी,राष्ट्रिय सभाका लागि सांसदमा गौतमलाई सिफारिस गर्ने

काठमाडाैं,१९ भदाै । मन्त्रिपरिषदको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी मन्त्रिपरिषद बैठकले राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रिय सभा सांसद सिफारिश गर्ने बताइएको छ । बैठकले नेकपा नेता वामदेव गौतमलाई राष्ट्रिय सभाका लागि सांसद सिफारिस गर्ने छ ।

बिहीबार बसेको नेकपाको सचिवालय बैठकले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्य बनाउने निर्णय गरेको थियो । गौतमलाई राष्ट्रिय सभाको सांसद बनाउन मन्त्रिपरिषदले राष्ट्रपति विद्या भण्डारीसमक्ष सिफारिश गरेपछि उहाँ नियुक्त हुनुहुनेछ ।

राष्ट्रपतिबाट मनोनित गरिने राष्ट्रिय सभाको एक सदस्य पद ६ महिनायता खाली रहेको थियो । भोली कार्यकाल सकिन लागेका अर्थमन्त्री डाक्टर युवराज खतिवडाले अाज बैठकमा राजीनामा बुझाउने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);