प्रधानमन्त्रीले सचिवालयको निर्णय मान्नैपर्छ : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रधानमन्त्रीले सचिवालयको निर्णय मान्नैपर्छ : प्रचण्ड

prachanda

चितवन, १६ फागुन । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पार्टी सचिवालयको निर्णय प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीले मान्नै पर्ने बताउनुभएको छ । आज बिहान चितवन पुग्नु भएका दाहालले भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्रीले सचिवालयको निर्णय मान्ने र राष्ट्रिय सभामा वामदेव गौतम नै जाने प्रस्ट्याउनुभयो ।

दाहालले गौतमलाई राष्ट्रिय सभामा पठाउने सचिवालयले सर्वसम्मत निर्णय गरेको भन्दै त्यसलाई प्रधानमन्त्री ओलीले मान्नै पर्ने बताउनुभयो । उहाँले गौतमलाई प्रधानमन्त्रीले सिफारिस नगर्ने कुरा आफूले कल्पना पनि गर्न नसक्ने दाहालले उल्लेख गर्नुभयो ।

नेकपाको बुधबार बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा सिफारिसका लागि सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो । पार्टीले निर्णय गरेको केही घण्टा नबित्दै प्रधानमन्त्री ओलीले असहमति जनाउनु भएको थियो ।

राष्ट्रपतिबाट राष्ट्रिय सभामा मनोनित अर्थमन्त्री डाक्टर युवराज खतिवडाको पदावधि यही फागुन २० गते सकिदैछ । खतिवडाको पदावधि सकिएपछि गौतमलाई राष्ट्रिय सभामा लैजाने नेकपा सचिवालयले निर्णय गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);