राष्ट्रिय सभामा वामदेब गौतमलाई नै लगिने प्रचण्डको प्रष्टोक्ति | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

राष्ट्रिय सभामा वामदेब गौतमलाई नै लगिने प्रचण्डको प्रष्टोक्ति

चितवन, १६ फागुन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सचिवालयको निर्णय प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीले मान्नै पर्ने बताउनुभएको छ ।

बुधवार चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भन्नुभयो प्रधानमन्त्रीले सचिवालयको निर्णय मान्ने र राष्ट्रिय सभामा वामदेव गौतम नै जाने प्रस्ट्याउनुभयो ।

दाहालले गौतमलाई राष्ट्रिय सभामा पठाउने सचिवालयले सर्वसम्मत निर्णय गरेको भन्दै त्यसलाई प्रधानमन्त्री ओलीले मान्नै पर्ने बताउनुभयो । उहाँले गौतमलाई प्रधानमन्त्रीले सिफारिस नगर्ने कुरा आफूले कल्पना पनि गर्न नसक्ने उल्लेख गर्नुभयो ।

दाहालले पार्टी उपध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय भएपनि तत्काल संविधान संशोधनको प्रकृया अगाडी नबढ्ने बताउनुभयो । नेकपाको गत बुधबार बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा सिफारिसका लागि सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो ।

पार्टीले निर्णय गरेको केही घण्टा नबित्दै प्रधानमन्त्री ओलीले असहमति जनाउनु भएको समाचार बाहिर आएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);