नेकपाको सचिवालय बैठक ३ बजेलाई सर्‍यो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेकपाको सचिवालय बैठक ३ बजेलाई सर्‍यो

nekapa sachibalaya latest

काठमाडौं, १८ भदौ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक ३ बजेलाई सरेको छ । आज बिहान ११ बजे बस्ने तय भएको बैठक ३ बजेलाई सारिएको पार्टी प्रचार विभाग उपप्रमुख सूर्य थापाले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको हो ।

केही महिनादेखि चलिरहेको पार्टी आन्तरिक विवाद समाधानका लागि महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्न एक साताअघि नै हुने भनिएको बैठक आज हुन लागेको हो । बैठकमा कार्यदलको सुझाब प्रतिवेदनमा छलफल हुने निर्धारित एजेण्डा रहे पनि राष्ट्रिय सभामा रिक्त एक स्थानमा कसलाई पठाउने भन्ने विषय टुंग्याउने बताइएको छ ।

पार्टी उपाध्यक्ष वामदेव गौतम अथवा अर्थमन्त्री डाक्टर युवराज खतिवडामध्ये कसलाई राष्ट्रिय सभामा पठाउने भन्नेबारे नेकपामा विवाद देखिएको छ । पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई नै राष्ट्रियसभामा मनोनित गरेर अर्थमन्त्रीमा निरन्तरता दिने पक्षमा हुनुहुनछ । तर उपाध्यक्ष गौतमले यसअघि पार्टीले गरेको निर्णयअनुसार आफू मनोनित हुनुपर्ने दाबी गरिसक्नु भएको छ ।

यसअघि बुधबार प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल बीच पनि भेटवार्ता भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सचिवालय बैठकका एजेण्डासहित गौतमलाई के गर्ने भन्नेमा छलफल भएको बताइएको छ । दाहाल पार्टीको निर्णय अनुसार गौतमलाई राष्ट्रियसभामा लैजानै पर्ने अडानमा हुनुहुन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);