छोटो कार्यकालमा रचनात्मक काम गर्छु : विकास मन्त्री खनाल | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०७९, बिहीबार

छोटो कार्यकालमा रचनात्मक काम गर्छु : विकास मन्त्री खनाल

चितवन । बागमती प्रदेशका नवनियुक्त सामाजिक विकास मन्त्री कृष्ण प्रसाद खनालले आफ्नो छोटो कार्यकालमा रचनात्मक काम गर्ने बताएका छन् । चितवनको रत्न्ननगर स्थित रत्ननगर उद्योग बाणिज्य संघले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मन्त्री खनालले बागमती प्रदेश सरकारले धेरै ऐन,कानुन वनाईसकेको र विकास निर्माणको कामलाई तीव्रता दिईरहेको उल्लेख गर्दै आफ्नो कार्यकालमा पनि रचनात्मक काम गर्ने बताएका हुन्।

उनले डेढ वर्षको अवधिलाई तीन वर्ष सम्झेर द्रुत गतिमा काम गर्ने बताएका हुन्। अब ठुला भौतिक संरचना तथा बाटोहरु निर्माणमा प्रदेश सरकारले ध्यान दिर्ने पनि बताए । रत्ननगरको वकुलहरमा रहेको जिल्ला आर्युवेद स्वास्थ्य केन्द्रलाई प्रादेशिक आर्युवेदिक अस्पताल रत्ननगरमै बनाउन आफ्नो भुमिका रहने उनको भनाई थियो।

रत्ननगरमै अस्पताल वनाउन चितवनका प्रदेश सांसदहरुले सहमती पत्रमा हस्ताक्षर गरिसकेको उल्लेख गर्दै सामाजिक विकास मन्त्री खनालले अन्यत्र लान चलखेल भईसकेकाले यनका सरोकारवाला चनाखो हुनु पर्नेमा जोड दिए । अघिल्ला मन्त्रीहरुले आफ्नो निर्वाचन क्षेत्रमा मात्र योजनाहरु पार्ने गरेको भन्दै नवनियुक्त मन्त्री खनालले जनप्रतिनिधीको हिसावले आफ्नो क्षेत्रमा योजना पार्ने तर आफ्नै क्षेत्रमा धेरै बजेट ल्याएर नाम कमाउने तर्फ नलाग्ने समेत बताएका छन ।

मन्त्री खनालले देशमा गणतन्त्र आएको तर विवेक तन्त्र भने अझै नआएको बताएका छन् । देश संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल बनिसकेको भएपनि नेपालका केही नेता तथा सांसदमा भेगीए राजनीतिले जरो गाडेका कारण अझै पनि सबैमा विवेक तन्त्र भने आउन नसकेको बताए । उनले पूर्वी चितवनका केही स्थानका लागि आफूले राम्रा आयोजनाहरुको थालनी गर्न खोजेको भएतापनि त्यसमा भेगीए राजनीतिको सोच भएका केहीका कारण सो कुरा सम्भव हन नसकेको बताए ।

उनले देशकै तेस्रो पर्यटकीय नगरी सौराहामा कोरोना महामारी र पर्यटन अभावमा पर्यटन व्यवसायीहरु पीडामा परेको बताउदै उनीहरुको पीडामा मल्हम लगाउने गरी कार्य गर्ने बताए । मन्त्री खनालले आफ्नो योजना बकुलहर रत्ननगर अस्पताललाई प्रदेशककै पहिलो नमूना प्रादेशिक अस्पताल बनाने रहेको सुनाए । त्यस्तै, उनले बकुलहर आयुर्वेद स्वास्थ्य केन्द्रलाई जग्गा खोजेर भएपनि ५० सैयाको प्रादेशिक अस्पताल बनाउनेदेखि लिएर सौराहा चोकदेखि सौराहाको ड्याम साइटसम्मको बाटोलाई आकर्षक रुपमा विस्तार गर्नेसम्मका योजना रहेको बताए ।

कार्यक्रममा सहभागी अगुवा व्यवसायीहरुले कोरोना महामारीका कारण नीति क्षेत्र घरासायी बनेको भन्दै राहतका कार्यक्रम ल्याउन माग गरेका छन् । कार्यक्रममा संघका पूर्व अध्यक्ष गोपालराज कर्माचार्यले कोरोनाका कारणले निजी क्षेत्र घरासायी भनेको भन्दै तीनै तहका सरकारले विषेश प्याकेज कार्यक्रम ल्याउनु पर्ने बताए । रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठ अध्यक्षतामा भएको कार्यक्रममा संघका पूर्व अध्यक्ष गोपाल कर्मचार्य,संघका वरिष्ठ उपाध्यक्ष शंकर गिरी लगायतले रत्ननगरको चौतर्फी विकासमा भुमिका खेल्न मन्त्री खनाल समक्ष आग्रह गरे ।

स्वागत कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष अनिल कृष्ण श्रेष्ठले पूर्वी क्षेत्रबाट सामाजिक विकास मन्त्रीको रुपमा मन्त्री खनाललाई पाएकोमा खुसी ब्यक्त गर्दै समग्र रत्ननगरको विकासमा मन्त्री खनालको भूमिका उल्लेखनीय हुनेमा आफू विश्वस्त रहेको बताए । सो कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरु क्रमशः राजाराम रेग्मी, ज्ञान बहादुर बिसुराल, हरी शरण पाठक, संघका वरिष्ठ उपाध्यक्ष शंकर गिरी लगाएतको मन्तव्य राखेका थिए ।

Leave a Reply