संघीय सरकारले विभिन्न कानूनहरु नबनाउँदा प्रदेश सरकारले समेत कानून बनाउन सकेन : मन्त्री पाण्डे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

संघीय सरकारले विभिन्न कानूनहरु नबनाउँदा प्रदेश सरकारले समेत कानून बनाउन सकेन : मन्त्री पाण्डे

काठमाडौं । बागमती प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री केशव राज पाण्डेले संघीय संसदले विभिन्न कानूनहरु नबनाएका कारण प्रदेश कानून बनाउन समेत अप्ठ्यारो परेको बताएका छन् ।

बिहीबार ‘संघ, प्रदेश र स्थानीय तहको समन्वयका लागि प्रदेश सभा र समितिको भुमिका’ विषयक अन्तरक्रियामा बोल्दै मन्त्री पाण्डेले प्रतिनिधि सभा र राष्ट्रिय सभामा विभिन्न विधेयकहरु थन्क्याएर राखिएकोप्रति असन्तुष्टि जनाउँदै संघीय सरकारले विभिन्न कानूनहरु नबनाउँदा प्रदेश सरकारले समेत कानून बनाउन नसकेको बताएका हुन् ।

प्रदेश कानून बनाउन नसक्दा आफुहरुलाई अप्ठ्यारो परेको पनि उनले उल्लेख गरे ।

मन्त्री पाण्डेले संघीय सरकारले आफ्नो क्षेत्रमा बजेट नपारेपछि संघीय सरकारका मन्त्री तथा सांसदहरु प्रदेश सरकारमा हस्तक्षेप गर्न आउने गरेको पनि बताए ।

मन्त्री पाण्डेले संविधानत्ः स्थानिय तह प्रदेश सरकारले बनाएको कानून अनुसार सञ्चालन गर्नुपर्ने भएपनि संघीय सरकारले बनाएको कानून अनुसार नै चलिरहेको बताए । स्थानीय तहले प्रदेश सरकारकै कानून मान्नुपर्ने उनले स्पष्ट पारे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);