गुणस्तरहिन खाद्य बस्तु बजारमा ल्याउने उद्योगमाथि कडा कार्वाही गर्ने चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

गुणस्तरहिन खाद्य बस्तु बजारमा ल्याउने उद्योगमाथि कडा कार्वाही गर्ने चेतावनी

काठमाडौं, २३ साउन । सरकारले गुणस्तरहिन खाद्य बस्तु बजारमा ल्याउने उद्योगमाथि कडा कार्वाही गर्ने चेतावनी दिएको छ ।

कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी गुणस्तरहिन खाद्य बस्तु बजारमा ल्याउने उद्योगलाई कडा कार्वाही गर्ने चेतावनी दिएको हो ।

विभागका महानिर्देशक संजीवकुमार कर्णले बजारमा खाद्य बस्तु गुणस्तरहिन आउन नदिने गरी कानुन बनाउने काम सुरु गरिएको जानकारी दिए । विभागले गुणस्तरीय र सुरक्षित खाद्य बस्तु सुनिश्चित नभएका उद्योगको उत्पादन बजारमा आउन नदिने व्यवस्था पनि गरेको छ ।

महानिर्देशक कर्णले दुषित तथा न्यून गुणस्तरका खाद्य बस्तुलाई नियन्त्रण गर्न पूरानो कानुनले काम नगरेपछि नयाँ कानुन ल्याउने बाध्यात्मक अवस्था रहेको स्पष्ट पारे ।

विभागले गुणस्तरीहिन खाद्य बस्तु आयातमा प्रतिबन्ध लगाउन आयात/निर्यात नियन्त्रण नीति ल्याउने तयारी पनि गरेको छ । गुणस्तरहिन खाद्य बस्तु आयात हुने गरेपछि त्यसलाई प्रतिबन्ध लगाउन सरकारले आयात÷निर्यात नियन्त्रण नीति ल्याउन लागेको महानिर्देशक कर्णले बताए ।

सरकारी तथ्यांक अनुसार नेपालमा हाल करिव २५ प्रतिशत दुषित खाद्य बस्तु बजारमा विक्री वितरण हुने गरेको छ भने करिव १५ प्रतिशत खाद्य बस्तु न्यून गुणस्तरका रहेका छन् । ती सबै बस्तुहरुलाई बजारमा आउन नदिन कडा कार्वाही हुने प्रावधान सहितको कानुन बनाउने सरकारको योजना छ ।

२०२३ सालमा बनाइएको खाद्य ऐनले बजारमा खाद्य बस्तुको अनुगमनको कामलाई प्रभावकारी बनाउन नसकेको पनि विभागका महानिर्देशक कर्णले स्पष्ट पारे । विभागले खाद्य बस्तु अनुगमनको कामलाई प्रभावकारी बनाउन जनशक्ति थप गर्ने योजना पनि अघि सारेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);