बालुवाटारको जग्गा किनबेच गर्नेमाथि कडा कार्वाही हुन्छ : सञ्चारमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

बालुवाटारको जग्गा किनबेच गर्नेमाथि कडा कार्वाही हुन्छ : सञ्चारमन्त्री

काठमाडौं, ५ बैशाख । सरकारले बालुवाटारस्थित सरकारी स्वामित्वमा रहेको ललिता निवासको जग्गा विक्री गर्नेमाथि कडा कार्वाही गर्ने स्पष्ट पारेको छ । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ललिता निवासको सरकारी जग्गा लिने कुनै पनि ओहोदा, पदका व्यक्तिमाथि कार्वाही हुने स्पष्ट पारेका छन् ।

बिहीबार गत बैशाख २ गते बसेको मन्त्रीपरिषद बैठकका निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ललिता निवासको सो जग्गा विक्री वितरणमा रोक लगाइएको बताए । सरकार आफ्नो स्वामित्वमा रहेको कुनै पनि जमिन सुरक्षा गर्न सक्षम रहेको मन्त्री बास्कोटाको भनाई छ ।

फरक प्रसंगमा मन्त्री बास्कोटाले द्वन्द्वकालमा जघन्य अपराधमा संलग्नहरुलाई उन्मुक्ति दिने पक्षमा सरकार नरहेको बताए । संयुक्त राष्ट्र संघले द्वन्द्वकालका न्याय निरुपणका विषयमा प्रश्न उठाउँदै नेपाल सरकारलाई पत्रचार गरेको छ।

त्यससम्बन्धमा राखिएको जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री बास्कोटाले नेपालको द्धन्द्धकालका घटनाको न्याय निरुपण गर्न नेपाल आफैं सक्षम रहेको बताए । मन्त्री बास्कोटाले द्धन्द्धकालका घटनाको न्याय निरुपणको कामलाई सरकारले अघि बढाएको उल्लेख गर्दै सो समस्या छिट्टै समाधान हुने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);