बालुवाटार जग्गा विवाद : 'पद र हैसियतले छानबिन प्रभावित हुँदैन' | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

बालुवाटार जग्गा विवाद : ‘पद र हैसियतले छानबिन प्रभावित हुँदैन’

gokul

काठमाडौं, ६ बैशाख । सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले  प्रधानमन्त्री निवास बालुवाटारको जग्गा किनबेच नभएको र भए पद र हैसियतले छानबिन प्रभावित नहुने दाबी गरेका छन्।

बिहीबार नियमित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता  एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले यस्तो बताएका हुन्।

ललिता निवासको जग्गा विवादमा जोसुकै मुछिएको होस्  कारबाही हुन्छ’, पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले भने, ‘कुनै पद, ओहोदा वा हैसियतले छानबिन प्रक्रिया र सरकारी सम्पत्तिको रक्षा गर्ने कुरालाई प्रभावित गर्न सक्दैन।’

बाँस्कोटाले जग्गा विवाद प्रधानमन्त्री निवास नभई सँगै जोडिएको ललिता निवासको भएकोसमेत प्रष्ट पारे। उक्त जग्गा रोक्का भइसकेको जानकारी मन्त्री बाँस्कोटाले यसअघि नै बताएका थिए।

३३ किलो सुनका विषयमा उठेको प्रश्नको जवाफ दिने क्रममा मन्त्री बास्कोटाले ३८ क्विन्टल सुनकै ‘नेक्सस’ ध्वस्त पार्ने अभियानमा सरकार रहेको प्रष्ट पारे। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा लेखेको छ ।

‘३३ किलो सुन कतिपल्ट भन्ने ? एउटा भारत पुगेर समातिएको छ’, उनले भने, ‘३८ क्विन्टल सुन नै बेपत्ता भएको रहेछ। ति सबैका ‘नेक्सस’लाई ध्वस्त पर्ने अभियानमा हामी छौँ।’

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);