दर्शकबिनाको राष्ट्रिय खेल : प्यारापिटमा खेलाडी र आयोजक मात्रै | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८०, मंगलबार

दर्शकबिनाको राष्ट्रिय खेल : प्यारापिटमा खेलाडी र आयोजक मात्रै

rastriya khel

बुटवल, ६ बैशाख । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत रूपन्देहीमा भइरहेका विभिन्न खेलमा दर्शकको अभाव देखिएको छ। मैदानमा खेलाडी प्रतिस्पर्धा गरिरहँदा खेल हेर्ने दर्शक शून्य प्रायः छन्। रूपन्देहीको बुटवलमा जारी पुरुष फुटबलमा खेलाडी र अफिसियल बाहेकका अरू कोही देखिँदैनन्। सात हजार क्षमताको प्यारापिटमा करिब सय जनाको उपस्थिति देखिन्छ। उत्तरतर्फको नयाँ प्यारापिटमा कोही दर्शक नै थिएनन्। दर्शकबिनाको खेल मात्रै औपचारिकता जस्तै देखिन्छन्।

‘आठौं खेलकुदमा कुनै चार्म नै छैन, रूपन्देही फुटबल संघका अध्यक्ष दीर्घबहादुर कुमार भन्छन्– ‘न प्रचार नै गरिएको छ। स्थानीय स्तरमा समन्वय नै नगरी खेल भएकाले दर्शक आएकै छैनन्।’ कमजोर व्यवस्थापन र प्रचारप्रसारको कमी हुँदा प्रतियोगितामा दर्शकको खडेरी छ। गर्मी मौसममा तराईको तातो हावामा खेल खेलिरहँदा मैदानमा खेलाडी र अफिसियलबाहेक कोही देखिँदैनन्। वडा तहको प्रतियोगितामा भन्दा पनि दर्शकको संख्या कमी देखिन्छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा लेखेको छ ।

सामान्य प्रतियोगितामा खचाखच हुने प्याराफिट खाली छ भने मैदानसमेत अव्यवस्थित छ। प्रतियोगितामा विभागीय टिमसहित प्रदेशस्तरका खेलाडीहरू भए पनि स्थानीयस्तरका खेलाडीहरूसमेत दर्शकको रूपमा मैदानमा देखिँदैनन्। रूपन्देहीमा लन टेनिस प्रतियोगिता सकियो। सो प्रतियोगितामा हेर्ने प्रतियोगीबाहेक कोही थिएनन्। ‘खेलको प्रचार हुनुपर्ने थियो, तर गरिएको छैन, देशकै उत्सव हुने खेलमा दर्शक नै छैनन्, बुटवल लन टेनिस क्लबका अध्यक्ष गोपाल ज्ञवालीले भने– ‘यस्तो बिजोग अवस्था हुनु दुर्भाग्य हो।’

केही महिनाअघि बुटवलकै रंगशालामा तिलोत्तमा गोल्डकप भएको थियो। तिनै टिम आर्मी र पुलिसको खेल हेर्न टिकट काटेर दर्शक आएका थिए। अहिले पनि तिनै टिम खेलिरहेका छन्। प्रवेश शुल्क लाग्दैन, तर दर्शक शून्य छन्। राष्ट्रिय खेलकुद परिषद्ले स्थानीय स्तरमा समन्वयसमेत नगरी प्रतियोगिता गरिरहेको छ।

खेलकुद विकास समिति रूपन्देहीका अध्यक्ष योग गुरुङले गर्मी मौसमका कारण दर्शक आउन नसकेको बताए। ‘प्रचारप्रसार प्रभावकारी रूपमा नै भएको छ, तर मौसमका कारण दर्शक आउन सकेका छैनन्,’ उनले भने।

पुलिस र कर्णाली विजयी

आठौं राष्ट्रिय खेलकुदअन्तर्गत बिहीबार बुटवलमा भएको पुरुष फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लब विजयी भएको छ। पुलिसले सुदूरपश्चिम प्रदेशलाई २–० गोलले हरायो।

पुलिसको जितमा ३६औं मिनेटमा भरत शाहले खाता खोले। अर्को गोल ६०औं मिनेटमा रवि पासवानले गरेका थिए। लगत्तै सुदूरपश्चिमका गोलरक्षक टेकेन्द्र थापा रातो कार्ड खाँदै बाहिरिएका थिए। १० खेलाडीमा सीमित सुदूरपश्चिम प्रदेशले केही अवसर प्राप्त गरे पनि गोल गर्न सकेन। अर्को खेलमा कर्णाली प्रदेश विजयी भएको छ। कर्णालीले प्रदेश २ लाई ५–४ गोलले हरायो।

सफ्ट टेनिस सुरु

रूपन्देहीमा बिहीबारदेखि नै सफ्ट टेनिस खेल सुरु भएको छ। देवीनगरस्थित टेनिस कम्प्लेक्समा भएको उद्घाटन खेलको पुरुष एकलतर्फ प्रदेश ५ का अभिषेकअमन झाले गण्डकी प्रदेशका सुरज नगरक‍ोटीलाई हराए। अन्य खेलमा प्रदेश १ का अभिषेक कार्की, युकेश योञ्जन, नेपाल पुलिसका सुबोध अधिकारी, प्रदेश ३ का शक्ति शर्मा, एपीएफका कुमार गिरी, गण्डकी प्रदेशका सुजन गुरुङ, सुदूरपश्चिमका दिलीप गुप्ता, प्रदेश १ का आशिष बोहरा, एपीएफका उज्ज्वल स्थापित, नेपाल पुलिसका नौबहादुर लुगेली, पुलिसका हरिबहादुर बस्नेत, प्रदेश ५ का सुरज चौधरी, प्रदेश १ का रनिश तामाङ र प्रदेश ३ का प्रदीप खत्री विजयी भए।

यसैगरी महिला एकलमा सुदूरपश्चिमाञ्चलका भावना पनेरू, प्रदेश १ का श्रीया योञ्जन, नेपाल पुलिसका विश्ना भण्डारी, सुदूरपश्चिमका तथा प्रदेश १ का जर्जिया चौधरीले विजयी सुरुआत गरेका छन्।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);