महिलाहरुलाई ओलीको सुझाव आरक्षणमा भन्दा शिक्षामा ध्यान दिनुस् | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

साउन २२ , काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महिलाहरुलाई आरक्षणमा भन्दा शिक्षामा ध्यान दिन आग्रह गर्नुभएको छ ।

एमाले अध्यक्ष ओलीले आइतबार काठमाडौंमा गरिएको महिला अधिकार सम्बन्धी कार्यक्रममा महिलाहरुलाई आफ्नो क्षमता बढाउनतिर केन्द्रीत हुन सुझाव दिनुभयो । उहाँले क्षमताविना काम गरेर देखाउन नसकिने भन्दै त्यसका लागि महिलाहरुले शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । उहाँले राज्यका विभिन्न निकायमा सन्तोषजनक उपस्थिति रहेकाले महिलाले अब आरक्षणलाई प्राथमिकता दिन नहुने बताउनुभयो ।

दक्षिण एसियाली मुुलुकमध्ये नेपालको संसद्मा महिलाको उपस्थिति सबैभन्दा धेरै छ । संविधानले स्थानीय सरकारमा पनि महिलाको प्रतिनिधित्व सुनिश्चित गरेको छ । एमाले अध्यक्ष ओलीले संविधानले सहभागीता सुनिश्चित गरेकाले महिलाहरुले अब आफ्नो क्षमता बढाउनतिर ध्यान दिनुपर्ने अन्यथा पाएको अधिकार खोसिन सक्ने बताउनुभयो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);