प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता बुधबारबाट सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता बुधबारबाट सुरु

काठमाडौं, ८ फागुन । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता बुधबारबाट सुरु हुने भएको छ । जिल्ला खेलकुद विकास समिति कैलालीले प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतियोगितामा ५ विकास क्षेत्रका ५ टिम र विभागीय एपिएफ सहित ६ टिमले सहभागिता जनाउने छ । प्रतियोगितामा प्रथम हुनेले ५ लाख र दोश्रो हुनेले २ लाख पाउने छ । प्रतियोगिताको लागि झण्डै ३८ लाख खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिता फागुन १३ गतेसम्म चल्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);