जेठ अन्तिम हप्तादेखि प्रधानमन्त्री कप महिला टी-२० क्रिकेट प्रतियोगिता हुने | ईमाउण्टेन समाचार

Our Network

भदौ १३ २०८३, आइतबार

जेठ अन्तिम हप्तादेखि प्रधानमन्त्री कप महिला टी-२० क्रिकेट प्रतियोगिता हुने

प्रधानमन्त्री कप महिला टी-२० क्रिकेट

प्रतियोगितामा ७ प्रदेश र एक बिभागीय गरी ८ टिमको सहभागिता रहने

काठमाडौं, ७ जेठ । जेठ अन्तिम हप्तादेखि प्रधानमन्त्री कप महिला टी-२० क्रिकेट प्रतियोगिता हुने भएको छ । जेठ २८ बाट सुरु हुने प्रतियोगिता कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा रहेको खुल्ला मञ्चमा हुने छ।

प्रतियोगिताको व्यवस्थापन महाकाली स्पोर्टस सोसाइटीले गर्ने छ। प्रतियोगिताको अनुमानित लागत ८८ लाख रहेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । ८८ लाखमध्ये ३५ लाख राष्ट्रिय खेलकुद परिषदले उपलब्ध गराउनेछ भने बाँकी रकम महाकालीले प्रायोजक खोज्नु पर्ने छ।

प्रतियोगितामा सात प्रदेश र एक विभागीय टिम गरी कूल ८ महिला टिमको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पाउनेछन् भने उत्कृष्ट खेलाडीले स्कुटर पाउने बताइएको छ ।