वेष्टइण्डिजको फ्रेन्चाईज क्रिकेट क्यारेबियन प्रिमियर लिग सीपएलको ड्राफ्ट आज हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

वेष्टइण्डिजको फ्रेन्चाईज क्रिकेट क्यारेबियन प्रिमियर लिग सीपएलको ड्राफ्ट आज हुँदै

sipiel

काठमाडौं, ८ जेठ । वेष्टइण्डिजको फ्रेन्चाईज क्रिकेट क्यारेबियन प्रिमियर लिग सीपएलको ड्राफ्ट आज हुँदैछ ।

नेपाली समय अनुसार राति पौने ८ बजेदेखि लण्डनमा ड्राफ्ट शुरुहुने छ । सीपीएलको प्रारम्भिक ड्राफ्टमा नेपालका चार जना खेलाडीहरु परेका छन् । ड्राफ्टमा नेपालका सन्दीप लामिछानेसहित रोहित कुमार पौडेल, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरी छन् । ५३६ ड्राफ्टबाट ६ वटा टिमले खेलाडी छनोट गर्नु पर्ने छ । नेपालका युवा खेलाडी सन्दीपले गत संस्करणमा सीपएल खेलेका थिए । उनले त्यतिबेला सेन्ट किट्स एण्ड नाभिस प्याट्रियट्सबाट खेलको थिए । सन्दीपले त्यतिबेला ५ खेलमा बलिङ गर्दा ७ विकेट हात पारेका थिए । सीपीएल जुलाई ११ देखी अगष्ट १६ सम्म हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);