मेस्सीको कप्तानीमा २३ सदस्यीय अर्जेन्टीनी टोलीको घोषणा | ईमाउण्टेन समाचार

Our Network

साउन ३ २०८१, बिहीबार

मेस्सीको कप्तानीमा २३ सदस्यीय अर्जेन्टीनी टोलीको घोषणा

messi copa america

एजेन्सी, ८ जेठ । अर्जेन्टिनाले कोपा अमेरिका कपका लागि लियोनल मेस्सीको कप्तानीमा २३ सदस्यीय राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ ।  टिममा कप्तान मेस्सीसँगै विश्वचर्चीत खेलाडीको बाहुल्यता रहेको छ ।

सन २०१८ को विश्वकपपछि सर्जियो अगुईरोले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । टोलीमा ला लिगाको उपाधि बिजेता बार्सिलोनाका स्टाईकर मेसीसंगै प्रिमियर लिग बिजेता म्यानचेष्टर सिटीका स्टाईकर सर्जियो अगुईरो र ईटालियन सिरीया एको उपाधि बिजेता युभेन्टसका स्टाईकर पउल डिबेला समेत अटाएका छन् ।

त्यस्तै लाउटारो मार्टिनेज र म्याटिस सुवारेज फरवार्डको रुपमा अर्जेन्टिनाको टोलीमा छन् । एञ्जल डी मारियासंगै रोड्रिगो डि पउल र रोबर्टो परेरा जस्ता चर्चित मिडफिल्डरले पनि अर्जेन्टीनी टोलीमा स्थान बनाएका छन् ।

१४ जुन देखी ७ जुलाईसम्म ब्राजिलमा हुने कोपा अमेरिका कपमा १२ टोलीबिच प्रतिस्पर्धा हुनेछ । समुह बीमा रहेको अर्जेन्टिनाले जुन १५ मा कोलम्बियासंग खेल्दै प्रतियोगीताको सुरुवात गर्नेछ ।

argentina squad

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);