अर्जेन्टिनाको विश्वकप टोली घोषणा, गोलकिपर रोमेरोले विश्वकप गुमाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

अर्जेन्टिनाको विश्वकप टोली घोषणा, गोलकिपर रोमेरोले विश्वकप गुमाउने

lionel messi

एजेन्सी, ९ जेठ । अघिल्लो विश्वकपको उपविजेता अर्जेन्टिनाले रुस विश्वकपका लागि २३ सदस्यीय टिम घोषणा गरेको छ । स्टार स्ट्राइकर लियोनेल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाको टिममा अधिकांश पुरानै खेलाडीको बर्चश्व रहेको छ ।

अर्जेन्टिनाका मुख्य गोलकिपर सर्जियो रोमेरोले भने विश्वकप गुमाउने भएका छन् । घुँडामा चोट लागेपछि उनको विकल्पका रुपमा प्रशिक्षक जर्ज साम्पोलीले विली कबालेरो, फ्राङो अर्मानी र नाहुयल गुज्मानलाई स्थान दिने तयारी गरेका छन् ।

प्रशिक्षक साम्पोलीले रसिया विश्वकप खेल्ने आफ्नो २३ सदस्यीय टिमको नामावली सार्वजनिक गर्दा इटालियन सिरीएका सर्वाधिक गोलकर्ता मोउरो इकार्डी, भेटरान खेलाडीहरु कार्लोस टेभेज र फर्नाण्डो गागो भने टिममा परेनन् ।

अर्जेन्टाइन टिममा कप्तान लियोनेल मेस्सी, सर्जियो अग्वेरो, गोञ्जालो हिग्वेन र पाउलो डिबाला गरी चार जना स्ट्राइकर छन् । मिडफिल्डमा लुकास बिग्लिया, इभर बेनेगा, जियोभानी लो सेल्सो, मानुयल लान्जिनी, एन्जल डी मारिया, म्याक्सी मेजा र क्रिष्टियान पाभोन छन् । डिफेन्समा निकोलास ओटामेन्डी, फेड्रिको फाजियो, मार्कोस रोहो, जेभियर मास्चेरानो र गाब्रियल मर्काडो छन् ।

यस्तै निकोलास टेगालियाफिको, इडुवार्डो साल्भियो, मार्कोस अकुना र क्रिष्टियान अन्साल्दी पनि टिममा परेका छन् । समूह ‘डी’ मा अर्जेन्टिनासँगै क्रोएसिया, आइसल्याण्ड तथा नाइजेरिया रहेका छन् । अर्जेन्टिनाले जुन १६ मा आइसल्याण्डसँग पहिलो खेल खेल्नेछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);