अर्जेन्टिनाले विश्वकप नजिते अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने मेस्सीको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

अर्जेन्टिनाले विश्वकप नजिते अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने मेस्सीको घोषणा

एजेन्सी, ७ चैत । अर्जेन्टाईन स्टार स्ट्राइकर लिओनल मेस्सीले रुस विश्वकपमा अर्जेन्टिनाले उपाधि नजिते अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् ।

स्पेनिस क्लब बार्सिलोनाका स्ट्राइकर समेत रहेका अर्जेन्टाईन कप्तान मेस्सीले यस पटकको विश्वकप अर्जेन्टिनाको पोल्टामा पर्ने दाबी समेत गरेका छन् । अर्जेन्टिनाको सरकारी टेलिभिजनलाई अन्तरवार्ता दिँदै मेस्सीले आफुहरु विश्वकप जित्नका लागि खेलिरहेको पनि बताए ।

विश्व चर्चित मेस्सीले अझैसम्म विश्वकप जित्न सकेका छैनन । विश्वकप जित्न नसकेका कारण पनि मेस्सीको आलोचना हुने गरेको छ । २०१६ मा कोपा अमेरिकाको फाइनलमा चिलीसँग हारेपछि ३० वर्षीय मेस्सीले सन्यास पनि लिएका थिए ।

तर, उनी फेरि टिममा फर्किएका छन् । अर्जेन्टिनाले १९८६ पछि विश्वकपको उपाधि जितेको छैन । यो पटक रुसमा विश्वकप हुँदै गर्दा मेस्सीसहितको अर्जेन्टिनी टोलीलाई उपाधिको दावेदारका रुपमा हेरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);