मेस्सीले विश्वकप उचाल्लान् | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

मेस्सीले विश्वकप उचाल्लान्

messi vs haiti

एजेन्सी, २८ मंसिर । अर्जेन्टिनाको कतार विश्वकप खराब सुरुवातबाट भयो । उसले समूह चरणको पहिलो खेल साउदी अरबसँग हार्यो । तर, त्यसपछिका खेल जित्दै फाइनलको यात्रा तय गर्यो ।

क्रोएसियाको अपराजित विश्वकप यात्रालाई पूर्णविराम लगाउँदै सेमिफाइनलमा अर्जेन्टिनाले जीत निकाल्यो । मेस्सीले जादू देखाउँदा ३-० ले अर्जेन्टिना विजयी भयो ।

अब अर्जेन्टिनाले फ्रान्स र मोरक्कोबीचको सेमिफाइनलको विजेतासँग फाइनल खेल्नेछ । तेस्रोपटक विश्वकप जित्ने सपना अर्जेन्टिनामा छ । त्यसमाथि सम्भवतः यो विश्वकप मेस्सीको अन्तिम हुनसक्छ । फाइनल जितेमा उनले विश्वकप उचाल्नेछन् । त्यसका लागि उनी आतुर देखिन्छन् ।

विश्वका महान फुटबल खेलाडी मेस्सीले यो विश्वकप जिते उनको उचाई अझ बढ्नेछ । उनी अर्जेन्टिनाका महान फुटबल खेलाडी म्याराडोनाको उचाईमै पुग्नसक्छन् । त्यसका लागि उनी बलियो आत्मबलका साथ बढेको देखिन्छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);