विश्वकप ट्रफी छातीमा टाँसेर सुतेको मेस्सीको फोटो भाइरल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

विश्वकप ट्रफी छातीमा टाँसेर सुतेको मेस्सीको फोटो भाइरल

एजेन्सी । फिफा विश्वकप विजेता बनेपछि अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीका ट्रफीसहितका केही तस्बिर भाइरल भएका छन् । अहिले विश्वकप ट्रफी छातीमा टाँसेर ओछ्यानमा सुतिरहेको उनको तस्बिर बाहिर आएको छ ।

उनी आफैंले तस्बिर पोस्ट गरेका हुन्। उनले लेखेका छन्,“गुड मा‘र्निंग“। अर्कोतर्फ, अर्जेन्टिनाको राजधानीमा मेस्सीको टोलीले भव्य स्वागत गरेको छ। अर्जेन्टिनाको सरकारी एजेन्सी टेलिमका अनुसार ब्यूनस आयर्सको स्मृति स्थलमा ४० लाख मानिस उपस्थित थिए।

मिडिया रिपोर्टका अनुसार मेस्सीले ट्रफी आफ्नो छातीमा टाँसेर राखेको बताइएको छ । उनले ओछ्यानमै ट्रफीसँगै पोज पनि दिएका थिए । यसअघि उनको जितपछि ट्रफी चुम्बन गरेको तस्बिर भाइरल भएको थियो । १८ डिसेम्बरमा फिफा विश्वकपको फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि कब्जा गरेको थियो।

वास्तवमा मेस्सीको विश्वकप जित्ने सपना १६ वर्षपछि पूरा भएको छ । मेस्सीको यो पाँचौं विश्वकप थियो । उनी सन् २००६ को विश्वकपमा पहिलो पटक अर्जेन्टिनाको टोलीमा परेका थिए । तर अर्जेन्टिनाले विश्वकप जित्न सकेन । अर्जेन्टिनाले तेस्रो पटक विश्वकपको उपाधि जितेको छ । यसअघि सन् १९७८ र १९८६ मा जितेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);