मेस्सीले सन्यास नलिने,भन्छन्-‘विश्व च्याम्पियन बनेर धेरै खेल खेल्न चाहन्छु’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मेस्सीले सन्यास नलिने,भन्छन्-‘विश्व च्याम्पियन बनेर धेरै खेल खेल्न चाहन्छु’

एजेन्सी । फिफा विश्वकपमा अर्जेन्टिनाको जितपछि बालोन डी’ओर विजेता लियोनल मेस्सीले सन्यासको निर्णय फेरि पनि परिवर्तन गरेका छन् । मेस्सीले विश्व च्याम्पियनका रुपमा अझै केही खेल खेल्न चाहेको बताएका छन् । यसअघि मेस्सीले कतारमा हुने यो प्रतियोगिता आफ्नो अन्तिम विश्वकप हुने र यो फाइनल आफ्नो अन्तिम खेलको रुपमा खेल्ने बताएका थिए ।

अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने बारे मेस्सीको सोचमा परिवर्तन आएको छ । “म यो ट्रफी अर्जेन्टिनामा लैजान चाहन्छु र सबैसँग रमाइलो गर्न चाहन्छु,“ मेस्सीले आइतवार फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गरेपछि मेस्सीले भने, ‘म अहिले विश्व च्याम्पियन बनेर खेल्न चाहन्छु ।

विश्वकपको सबैभन्दा रोमाञ्चक उपाधिको खेलमा लियोनल मेसीको अर्जेन्टिनाले साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै तेस्रो पटक विश्वकपको उपाधि जितेको छ ।
यस खेलमा फ्रान्सका १० औं नम्बरमा रहेका एमबाप्पेले गोलको ह्याट्रिक गरे पनि फाइनलमा दुई गोल गरेका अर्जेन्टिनाका १० औं नम्बरमा रहेका मेस्सीको सपना पूरा भयो । आफ्नो अन्तिम विश्वकपमा मेस्सीले ३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप ट्रफी जित्ने सपना पूरा गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);