टी–२० वरीयतामा सन्दीप लामिछाने एक स्थान उक्लिए | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

टी–२० वरीयतामा सन्दीप लामिछाने एक स्थान उक्लिए

sandeep lamichane

काठमाडौं, २५ मंसिर । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जारी गरेको नयाँ टी–२० वरीयताअनुसार नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने एक स्थानमाथि उक्लिएका छन् ।

आईसीसीले बुधबार सार्वजनिक गरेको वरीयतामा नेपाली खेलाडी लामिछाने बलिङतर्फ एक स्थान उक्लिएर ८० औँ स्थानमा पुग्नुभएको छ । सन्दीपले भारतीय खेलाडी रवीन्द्र जडेजालाई उछिन्नुभएको छ ।

चर्चित बलरहरु बेन स्टोक र कार्लोस ब्रेथवेट पनि नयाँ वरीयतामा लामिछानेभन्दा पछाडि छन् । लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) पछि कुनै पनि प्रतियोगिता खेलेका छैनन् । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कुनै पनि खेल खेल्न नपाएका कारण लामिछानेको वरीयतामा उल्लेख्य सुधार हुन नपाएको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);