सन्दीप लामिछाने धेरै देशमा गएर टी-२० खेल्ने पहिलो खेलाडी | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

सन्दीप लामिछाने धेरै देशमा गएर टी-२० खेल्ने पहिलो खेलाडी

sandeep lamichane

काठमाडौं, १४ कात्तिक । नेपाली क्रिकेटका लेगस्पिनर सन्दीप लामिछाने एक वर्षको अवधिमा धेरै देशमा गएर टी २० क्रिकेट खेल्ने पहिलो खेलाडी बनेका छन् ।

सन् २०१८ को अक्टोबरदेखि २०१९ को सेप्टेम्बरसम्मको अवधिका आधारमा गरिएको सर्बेक्षणमा ‘सन्दीपले टी २० तर्फ सर्वाधिक देशमा गएर क्रिकेट खेल्ने रेकर्ड बनाएका हुन् ।

क्रिकेट सम्बन्धि एक अन्तर्राष्टिय पत्रिकाले गरेको सर्वेक्षणमा सन्दीपले यो अवधिमा ८ देशमा गएर टी २० खेलेका छन् । उनीसँगै आठ देशमा गएर क्रिकेट खेल्ने रेकर्डमा अफगानिस्तानका नजिवुल्लाह जर्दानको नाम पनि रहेको छ ।

सन्दीपले आईपीएल, बिग बास, सीपीएल, बीपीएल र पिएसएल खेलेका छन् । यो बीचमा उनले नेपालका लागि तीन वटा एक दिवसीय र ११ वटा टी २० पनि खेल्न भ्याएका छन् ।

सन्दीप लेगस्पिनर बलर हुन् । उनको माग विश्वका हरेकजसो ठूलो फ्रेन्चाईज लिगमा हुने गर्छ । यसैका आधारमा उनी विश्वका हरेक लिगमा जाने गरेका छन् ।

सन्दीप एक वर्षको अवधिमा सर्वाधिक बलिङ गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन् । सर्वाधिक बलिङ गर्ने खेलाडीको सूचीमा अफगानिस्तानका रासिद खान छन् । उनले एक वर्षमा १हजार ३ सय ५५ बल बलिङ गर्दा सन्दीपले ९सय ८५ बल बलिङ गर्दै दोस्रो स्थान राखेका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);