वुमन्स टी-२० लिगको मिति तेश्रोपटक सर्‍याे | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

वुमन्स टी-२० लिगको मिति तेश्रोपटक सर्‍याे

काठमाडौं, १७ बैशाख । नेपालको पहिलो फ्रेन्चाईज महिला क्रिकेट लिग एनसीएल वुमन्स टी–२० क्रिकेट प्रतियोगिताको मिति तेस्रो पटक सरेको छ । आयोजक एनसीएल स्पोर्टसले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिताको मिति सरेको जनाएको छ ।

तेस्रो पटक मिति सरेको प्रतियोगिता अब जेठ अन्तिम साता आयोजना हुने भएको छ । आयोजकले प्रतियोगिता जेठ २४ देखि ३० गतेसम्म संचालन हुने जनाएको छ । यसअघि प्रतियोगिता जेठ ७ गतेबाट १४ गतेसम्म आयोजना हुने आयोजकले जनाएको थियो ।

त्यसअघि प्रतियोगिता बैशाख ७ देखि १४ गतेसम्म हुने बताईएको थियो । प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन बिश्वबिद्यालयको क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा ४ टोलीको सहभागिता रहने छ ।

प्रतियोगितामा भैरहवा क्विन्स, विराटनगर रोअरिङ लायन्स, काठमाडौं सुपर च्याम्पियन, र धनगढी वन्डर वुमनले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);