आइपिएल: हैदराबादद्वारा किंग्स इलाभेन पञ्जाब पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

आइपिएल: हैदराबादद्वारा किंग्स इलाभेन पञ्जाब पराजित

sh vs kxip

काठमाडौं, १७ बैशाख । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत सोमबार राति भएको खेलमा सनराइजर्स हैदराबाद विजयी भएको छ ।

घरेलु मैदानमा भएको खेलमा हैदराबादले किंग्स इलाभेन पञ्जाबलाई ४५ रनले पराजित गरेको हो । हैदराबादले डेविड वार्नरको उत्कृष्ट प्रदर्शनमा ६ विकेटका क्षतिमा २१२ रन बनायो । वार्नरले ५६ बलमा सात चौका र दुई छक्काको सहयोगमा ८१ रन बनाएका हुन् ।यस्तै मनिष पाण्डेयले २५ बलमा ३६ तथा ऋद्धिमन शाहले १३ बलमा २८ रन बनाए । पञ्जाबका मोहम्मद शामी र रविचन्द्रन आश्विनले दुई–दुई विकेट लिए ।

२१३ रनको लक्ष्य पछ्याएको पञ्जाबले ८ विकेटको क्षतिमा १६७ रन मात्रै बनाउन सक्यो ।उसका लागि केएल राहुलले ५६ बलमा चार चौका र पाँच छक्काको सहयोगमा ७९ तथा मयंक अग्रवालले १८ बलमा २७ रन बनाए जितका लागि पर्याप्त भएन । हैदराबादका रशिद खान र खलील अहमदले तीन–तीन विकेट लिए । यो सिजनको आइपिएलमा वार्नरको यो अन्तिम खेल हो, उनले जाँदाजाँदै टिमलाई जितको उपहार दिएर गएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);