अछामका पानी घट्ट लोप हुने अवस्थामा | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

अछामका पानी घट्ट लोप हुने अवस्थामा

अछाम, १९ चैत । अछाममा पानी घट्ट लोप हुने अवस्थामा पुगेका छन् । बिद्युतीय मेसिनबाट मिलहरु संचालनमा आएपछि पानी घट्ट लोप हुने अवस्थामा पुगेका हुन् ।

पहिले चामल, गहुँ मकै लगायत अन्नहरु पिस्नको लागि घट्टको प्रयोग गर्ने चलन थियो । तर अहिले विद्युतिय मिल सञ्चालनमा आएपछि घट्टमा अन्न पिस्नको लागि थोरै मात्र पुग्ने गरेका छन् ।

स्थानीय अन्न पिस्नको लागि विद्युतिय मिलमा जान थालेपछि घट्ट लोप हुने अवस्थामा पुगेको मंगलसैन नगरपालिका ७ जनालीका घट्ट संचालक कित्थे विश्वकर्माले बताए । बर्षा याममा प्रसस्त पानी हुने भएकाले घट्टहरु राम्रोसँग चल्ने र हिउँदमा कम चल्ने गरेको उनको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);