कञ्चनपुरको बेदकोट ताललाई पर्यटकीय क्षेत्र घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कञ्चनपुरको बेदकोट ताललाई पर्यटकीय क्षेत्र घोषणा

betkot tal

कञ्चनपुर, १९ चैत । कञ्चनपुरको बेदकोट नगरपालिकाको उत्तरी चुरे क्षेत्रमा रहेको बेदकोट ताललाई पर्यटकीय क्षेत्र घोषणा गरिएको छ ।

बेदकोट नगरपालिकाको २१ औँ कार्यपालिकाको बैठकले बेदकोट ताललाई पर्यटकीय क्षेत्र घोषणा गरेको हो । बैठकले नयाँ बर्ष २०७५ लाई पर्यटकीय बर्ष मनाउने निर्णय समेत गरेको छ ।

नगरपालिकाले नगरमा भ्यु टावर, अस्पताल, सडक विस्तार लगायतको विकासका लागि प्रदेश सरकारसँग २० करोड ७२ लाख बजेट माग गरेको छ ।

प्रदेश ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले नगरको विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने बताए । मन्त्री बोहराले आर्थिक विकासका लागि उद्योगको स्थापनामा गर्नुपर्नेमा जोड दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);