पूर्णिमा विकास बैंकको नाफा ३ करोड ६१ लाख | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पूर्णिमा विकास बैंकको नाफा ३ करोड ६१ लाख

purnima-bikas-bank

काठमाडौं, १४ माघ । पूर्णिमा विकास बैंक लिमिटेडले चालू आर्थिक वर्ष (आव) २०७५/७६ को दोस्रो त्रैमासमा रू. ३ करोड ६१ लाख ९३ हजार खुद नाफा कमाएको छ । गत आवको सोही समयमा बैंकले रू. ३ करोड ६४ लाख ६७ हजार खुद नाफा कमाएको थियो । बैंकको चुक्तापूँजी रू. ५५ करोड १२ लाख ८३ हजार रहेको छ । साथै, जगेडा कोषमा रू. १० करोड ८६ लाख ६ हजार रहेको छ ।

चालू आवको दोस्रो त्रैमासमा बैंकले रू. ६ करोड ११ लाख ३२ हजार लगानी गरेको छ । साथै, बैंकले रू. ३ अर्ब ३५ करोड ६१ लाख निक्षेप संकलन गरेको छ भने रू. ३ अर्ब ४ करोड ६७ लाख कर्जा प्रवाह गरेको छ । खुद ब्याज आम्दानी रू. ८ करोड ३३ लाख ३८ हजार रहेको बैंकको संचालन नाफा रू. ५ करोड ६२ लाख ४९ हजार रहेको छ । बैंकले संभावित जोखिमका लागि रू. १ करोड ९ लाख ३४ हजार छुट्याएको छ । बैंकको निष्क्रिय कर्जा शून्य दशमलव ५७ प्रतिशत रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);