लुम्बिनी विकासको नाफा २३ करोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

लुम्बिनी विकासको नाफा २३ करोड

lumbini-bikas-bank

काठमाडौं, १० माघ । लुम्बिनी विकास बैंक लिमिटेडको चालू आवको दोस्रो त्रैमासमा नाफा रू. २३ करोड ४६ लाख पुगेको छ । बैंकले गत आवको सोही अवधिमा रू. १४ करोड ३७ लाख नाफा कमाएको थियो । यस्तो नाफा गत आवको तुलनामा ६३ दशमलव १५ प्रतिशत बढेको हो ।

चालू आवमा बैंकले रू. २ करोड ३१ लाख खराब कर्जा संकलन गरेपछि नाफा बढ्न पुगेको हो । बैंकको खुद ब्याज आम्दानी ४५ प्रतिशत बढेर रू. ४७ करोड २९ लाख पुगेको छ । सञ्चालन मुनाफा गत आवको सोही अवधिको तुलनामा २ गुणाले बढेर रू. ३२ करोड ८८ लाख पुगेको छ । यो समाचार आजको अभियान दैनिकमा छापिएको छ ।

बैंकको दोस्रो त्रैमासमा चुक्तापूँजी रू. २ अर्ब १७ करोड पुगेको छ । यो गत आवको तुलनामा ८ प्रतिशतले बढी हो । बैंकले जगेडा कोषमा रू. १ अर्ब ३५ करोड जम्मा गरेको छ । बैंकले ६ महीनामा रू. २३ अर्ब ४४ निक्षेप संकलन गरेको छ । कर्जा प्रवाह रू. २१ अर्ब ७२ करोड गरेको छ । बैंकको निष्क्रिय कर्जा २ दशमलव ३१ प्रतिशत रहेको छ । गत आवको तुलनामा यो ७ प्रतिशत घटेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);