निर्जीवन बीमा कम्पनीको नाफा : पहिलो त्रैमासमा २२% वृद्धि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

निर्जीवन बीमा कम्पनीको नाफा : पहिलो त्रैमासमा २२% वृद्धि

non-life insurance

काठमाडौं, १७ मंसिर । चालू आर्थिक वर्ष (आव) को पहिलो ३ महीनामा निर्जीवन बीमा कम्पनीहरूको नाफा २१ दशमलव ९८ प्रतिशत बढेको छ । १९ निर्जीवन बीमा कम्पनीले यस अवधिमा रू. ८० करोड २७ लाख नाफा कमाएका छन्, जुन गत आवको सोही अवधिको नाफाभन्दा रू. १४ करोड ४६ लाख बढी हो ।

गत आवको समीक्षा अवधिमा निर्जीवन बीमा कम्पनीहरूले रू. ६५ करोड ८१ लाख नाफा कमाएका थिए । कम्पनीहरूले हालै सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । हाल नेपालमा २० निर्जीवन बीमा कम्पनी छन् । तर, हालसम्म भारतीय स्वामित्वको दि ओरियन्ट इन्स्योरेन्सले भने यस्तो वित्तीय विवरण सार्वजनिक गरेको छैन ।

निर्जीवन बीमा कम्पनीहरूले समीक्षा अवधिमा रू. ७ अर्ब बराबरको बीमाशुल्क संकलन गरेका छन्, जुन गत आवको सोही अवधिको तुलनामा ७ दशमलव ६४ प्रतिशतले बढी हो । गत आवमा यस्ता बीमा कम्पनीहरूले रू. ६ अर्ब ५० करोड बीमाशुल्क संकलन गरेका थिए । तथ्यांकअनुसार निर्जीवन बीमा कम्पनीहरूको बीमाशुल्क वृद्धिदरभन्दा नाफाको वृद्धिदर बढी देखिएको छ । समीक्षा अवधिमा कम्पनीहरूको बीमाशुल्क ७ दशमलव ६४ प्रतिशतले बढ्दा नाफा भने करीब २२ प्रतिशतले बढेको छ । यो समाचार आजको अभियान दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);