ठूला करदाता कार्यालयको पहिलो चौमासिक : कर संकलन १४.२९ प्रतिशत वृद्धि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

ठूला करदाता कार्यालयको पहिलो चौमासिक : कर संकलन १४.२९ प्रतिशत वृद्धि

tax

काठमाडौं, १० मंसिर । ठूला करदाता कार्यालयले चालू आर्थिक वर्ष (आव) २०७६/७७ को पहिलो ४ महीनामा गत आवको सोही अवधिको तुलनामा १४ दशमलव २९ प्रतिशत बढी कर संकलन गरेको छ । कार्यालयले गत आवको साउनदेखि कात्तिकसम्म रू. ३३ अर्ब कर संकलन गरेकोमा चालू आवको सोही अवधिमा करीब रू. ३८ लाख कर उठाएको हो । यद्यपि, कार्यालयले सो अवधिमा लक्ष्यभन्दा कम कर संकलन गरेको छ । कार्यालयले ४ महीनामा रू. ४७ अर्ब कर उठाउने लक्ष्य पाएको थियो ।

कार्यालयले चालू आवमा २ खर्ब ३४ अर्ब रुपैयाँ कर संकलन गर्ने लक्ष्य पाएको छ । कार्यालयले विभाजन गरेका ६ ओटै क्षेत्रको कुल कर संकलन गत आवको तुलनामा वृद्धि भएको छ । कार्यालयका अनुसार विशेषगरी व्यापार, बैंक तथा फाइनान्स र गैरकृषि क्षेत्रबाट गत आवको सोही अवधिको तुलनामा कर संकलन धेरै बढेको छ ।

कार्यालयले आफूमातहतका करदातालाई कृषि, बैंक तथा फाइनान्स, बहुराष्ट्रिय कम्पनी, उद्योग, सेवा र व्यापार गरी ६ क्षेत्रमा विभाजन गरेको छ । गत आवको प्रथम चौमासिकको तुलनामा चालू आवको सोही अवधिमा व्यापार क्षेत्रबाट कर संकलनमा सर्वाधिक ३८ दशमलव ६ प्रतिशत वृद्धि भएको कार्यालयको तथ्यांक छ । चालू आवको ४ महीनामा कार्यालयले व्यापार क्षेत्रबाट रू. ३ अर्ब ४३ करोड कर संकलन भएको छ, जबकि गत आवको सोही अवधिमा उक्त क्षेत्रबाट रू. २ अर्ब ४७ करोड कर संकलन भएको थियो । यो समाचार आजको अभियान दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);