पूर्वप्रमुख आयुक्त बस्न्यातको सम्पत्ति रोक्का | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

पूर्वप्रमुख आयुक्त बस्न्यातको सम्पत्ति रोक्का

deep_basnyat

काठमाडौं, १० मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातले अनियमितता गरेको देखिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनको सम्पत्ति रोक्का गरेको छ । भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक निकायका पूर्वप्रमुख आफैं गैरकानुनी सम्पत्ति आर्जनमा मुछिएको सम्भवतस् यो पहिलो घटना हो ।

विभागले आगामी पुसभित्रै अनुसन्धान सकेर मुद्दा दायर गर्ने गरी बस्न्यात, उनका नातेदार तथा व्यावसायिक साझेदारहरूमाथि छानबिन गरिरहेको छ । ‘सम्पत्ति स्थानान्तरणको सम्भावना देखिएपछि उनको घरजग्गा, बैंकको मौज्दात तथा अन्य सम्पत्तिको कारोबार रोक्का राख्न सरोकारवाला सरकारी निकायलाई पत्राचार भइसकेको छ,’ प्रधानमन्त्री कार्यालयमा बस्न्यातबारे भएको ब्रिफिङमा सहभागी एक अधिकारीले बताए । उनका अनुसार प्रमुख आयुक्त हुँदा बस्न्यातले विभिन्न शीर्षकमा भ्रष्टाचार गरी छोरा कमल र व्यावसायिक साझेदार भीम रोकामार्फत रकम व्यवस्थापन गरेको अनुसन्धानले पुष्टि गरिसकेको छ ।

रोकाको लगानी रहेको म्यानपावर कम्पनी र एक सहकारीमार्फत बस्न्यातले आफ्नो अकुत आर्जन व्यवस्थापन गरेको जानकार स्रोतको दाबी छ । ‘अहिलेसम्मको अनुसन्धानका आधारमा बस्न्यात, उनका छोरा र व्यवसायी रोकामाथि सम्पत्ति शुद्धीकरण गरेको आरोपमा मुद्दा दायर हुने निश्चित छ,’ स्रोतले भन्यो, ‘अन्य तीन जना नातेदारमाथि पनि मुद्दा जाने सम्भावना देखेका छौं, निश्चित भइसकेको छैन ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);