२८ वाणिज्य बैंकको नाफा १५ अर्ब | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

२८ वाणिज्य बैंकको नाफा १५ अर्ब

Bank-profit

काठमाडौं, ३ मंसिर । चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज) मा २८ वटा वाणिज्य बैंकले १५ अर्ब ४३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।

वाणिज्य बैंकहरूले कमाएको यो नाफा गत आवको सोही अवधिको तुलनामा ४६ दशमलव ५९ प्रतिशत बढी हो। बैंकले गएको आवमा सोही अवधिमा १० अर्ब ५२ करोड ६७ लाख नाफा गरेका थिए।

नयाँ लेखापरीक्षण विधि–नेपाल फाइनान्सियल सेक्टर रिपोर्टिङ स्ट्यान्डर्डस् (एनएफआरएस), लागू भएपछि बैंकले मुल्तबी ब्याज पनि नाफामा देखाउन सक्छन्। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले पुरानै लेखापरीक्षण विधिबाट वासलत तयार गर्थे। त्यसमा मुल्तबी ब्याजको रकम खुद नाफाबाट घटाउने गरिन्थ्यो।

लेखापरीक्षण विधिमा परिवर्तनपछि मुल्तबी ब्याज नाफामा देखिँदा बैंकको खुद नाफा झण्डै १० प्रतिशत बढेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल बताउँछन्। नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको अन्तिम त्रैमासदेखि मात्रै बैंकलाई नयाँ लेखापरीक्षण तथा प्रतिवेदन प्रणालीका आधारमा वासलात तयार गर्न अनिवार्य गरेको हो।

बैंकले प्रकाशित गरेको अपरिस्कृत वित्तिय विवरणअनुसार चालु आवको पहिलो त्रैमासमा नेपाल बैंकबाहेक अन्य सबै बैंकले उल्लेख्य नाफा आर्जन गरेका छन्। नेपाल बैंकले गएको आवको पहिलो त्रैमासमा ४७ करोड रुपैयाँ सम्पत्ति बिक्रीबाट नाफा कमाएको थियो। त्यसमा ३० प्रतिशत कर र आठ प्रतिशत बोनस कटाउँदा बैंकले व्यवसाय गरेर कमाएको नाफामा करिब ३३ करोड थपिएको थियो।

गत वर्ष पनि बैंकले व्यवसाय गरेर कमाएको नाफा भने करिब ६४ करोड रुपैयाँ मात्रै भएको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्रप्रताप शाहले बताए। ‘बैंकसँग सधैं बिक्री गर्ने सम्पत्ति हुँदैन’, उनले भने, ‘अहिले गरेको नाफा भनेको विशुद्ध व्यवसाय गरेर कमाएको नाफा हो।’ बैंकको नाफा घट्नुमा अन्य कुनै कारण नभएको उनले जानकारी गराए।

चालु आवको पहिलो त्रैमासमा सबैभन्दा बढी नाफा आर्जन गर्नेमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक रहेको छ। राष्ट्रिय वाणिज्य बैंकले कुल एक अर्ब ११ करोड ९० लाख रुपैँया नाफा कमाएको छ। नेपाल इन्भेस्टमेन्ट बैंक अर्बभन्दा बढी नाफा कमाएर बढी नाफा कमाउनेमा दोस्रो बनेको छ।

बैंकले यस वर्षको पहिलो त्रैमासमा बैंकले एक अर्ब पाँच करोड ४६ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। बैंकले गएको आवको पहिलो त्रैमासमा ८९ करोड ४९ लाख नाफा कमाएको थियो भने गएको आवमा तीन अर्ब ६३ करोड नाफा कमाएको थियो।

बढी नाफा कमाउने बैंकको तेस्रो सूचीमा नबिल बैंक परेको छ। नबिल बैंकले चालुु आवको पहिलो त्रैमासमा एक अर्ब पाँच करोड २४ लाख नाफा कमाएको छ। बैंकले गएको आवमा चार अर्ब चार करोड १६ लाख रुपैयाँ नाफा कमाएको छ। चालु आवको समीक्षा अवधिमा सरकारी बैंक नेपाल बैंकको नाफा करिब ६ प्रतिशतले घटेको छ। गएको आवमा पहिलो त्रैमासमा ९७ करोड १३ लाख नाफा कमाएको बैंकले यस वर्ष सो नाफा घटेर ९१ अर्ब ३८ करोडमा सीमित भएको छ।

यी बैंकसँगै चालु आवको पहिलो त्रैमासमा एनआईसी एसिया बैंकले १८० प्रतिशतले नाफा बढाएर ७८ करोड ६ लाख पुर्‍याएको छ। बैंकले गएको आवको असोजमसान्तसम्म २७ अर्ब ७९ करोड नाफा कमाएको थियो। सरकारी स्वामित्वको कृषि विकास बैंकले ६६ करोड ३१ लाख नाफा कमाएको छ।

बैंकले यस वर्षको समीक्षा अवधिमा कमाएको नाफा गएको आवको सोही अवधिकोभन्दा २९ करोड ९१ लाखले बढी हो। गएको आवको पहिलो त्रैमाससम्म बैंकको नाफा ३६ करोड ३९ लाख थियो।

चालु आवको पहिलो त्रैमासमा प्रतिशतका हिसाबले सबैभन्दा बढी नाफा मेगा बैंकले कमाएको छ। गएको आवको पहिलो त्रैमासमा आठ करोड १८ लाख नाफा कमाएको बैंकले चालु आवको सोही अवधिमा करिब चार सय प्रतिशतले नाफा बढाएर ४० करोड ४५ लाख पुर्‍याएको छ।

प्रतिशतका हिसाबले चालु आवमा बढी नाफा कमाउने बैंकमा कुमारी, सेन्चुरी, जनता, प्रभु, एनएमबी, सिद्धार्थ, माछापुच्छ्रेलगायत अधिकांश बैंकले बढी नाफा कमाएका छन्। ग्लोबल आईएमई, नेपाल बंगलादेश बैंकले पनि गएको आवको तुलनामा उल्लेख्य नाफा वृद्धि गरेका छन्। वाणिज्य बैंकले यस वर्षको पहिलो त्रैमासमा सात अर्ब ८७ करोड वितरणयोग्य नाफा कमाएका छन्।

गएको आर्थिक वर्षको सोही अवधिमा उक्त बैंकले करिब आठ अर्ब ९९ करोड यस्तो नाफा कमाएका थिए। चालु आर्थिक वर्षमा बैंकले कमाएको वितरणयोग्य नाफा गए आवको सोही अवधिको तुलनामा साढे १२ प्रतिशतले कम हो।

यो खबर अन्नपुर्ण दैनिकमा छ ।

अघिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);