नेपाल र चीनबीच दुईपक्षीय सम्झौता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नेपाल र चीनबीच दुईपक्षीय सम्झौता

काठमाडौं, ३ मंसिर । व्यापारिक तथा आर्थिक सुचना आदान प्रधान गर्ने सम्बन्धमा अन्तर्राष्ट्रिय व्यापार प्रबर्द्धन काउन्सिल हेनान् र नेपाल चिन उद्योग वाणिज्य संघबीच दुई पक्षीय सम्झौता भएको छ ।

चेम्बर भवन जमलमा सोमबार आयोजित कार्यक्रममा दुईपक्षीय सम्झौता भएको हो । दुईपक्षीय प्रतिनिधिमण्डल आदान प्रदान तथा नेपाल र हेनान प्रान्तको व्यापारीक तथा आर्थिक सूचना आदान प्रदान गर्दै व्यापार प्रबर्द्धनमा सहयोग पुर्याउने विषय सम्झौता(एमओयु)मा उल्लेख छ ।

सम्झौतामा नेपाल चिन उद्योग वाणिज्य संघका उपाध्यक्ष त्रिभुवनधर तुलाधर र अन्तर्राष्ट्रिय व्यापार प्रबर्द्धन काउन्सिल हेनानका उपाध्यक्ष चेङ हङ लाईले हस्ताक्षर गरेका छन् । नेपाल चिन उद्योग वाणिज्य संघका अध्यक्ष राजेशकाजी श्रेष्ठले सम्झौताले नेपालको व्यापार प्रबर्द्धनमा महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे ।

उनले नेपाल अति कम विकसित मुलुक भएकाले सो हैसियतले प्राप्त गर्ने सुविधा प्रयोग गरि उद्योग स्थापना गरि उत्पादित वस्तु नेपाल बाहिर निर्यात गरि फाईदा लिन सुझाए । उनले नेपालको जलविद्युत्, कृषि तथा पुर्वाधार विकासमा लगानी गर्न अनुरोध गरे ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);