वोमी माइक्रोफाइनान्सको नाफा २ करोड ६२ लाख | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

वोमी माइक्रोफाइनान्सको नाफा २ करोड ६२ लाख

womi

काठमाडौं, ४ माघ । वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको चालू आवको दोस्रो त्रैमासमा नाफा गत आवको तुलनामा करीब ४२ प्रतिशतले बढेको छ । गत आवमा रू. १ करोड ८४ लाख रहेको नाफा चालू आवमा बढेर रू. २ करोड ६२ लाख पुगेको छ ।

कम्पनीको खुद ब्याज आम्दानी र संचालन मुनाफा बढेपछि नाफा बढ्न पुगेको हो । कम्पनीको खुद ब्याज आम्दानी गत अवाको तुलनामा ५७ प्रतिशतले बढेर रू. ५ करोड ८२ लाख पुगेको छ । संचालन मुनाफा ४१ प्रतिशत बढेर रू. ४ करोड १२ लाख पुगेको छ । यो समाचार आजको अभियान दैनिक पत्रिका छापिएको छ ।

चालू आवको दोस्रो त्रैमासमा चुक्तापूँजी गत अवाको तुलनामा ३० प्रतिशतले बढेर रू. १० करोड १० लाख पुगेको छ । जगेडा कोषको रकम ७० प्रतिशतले बढेर रू. ७ करोड ५५ लाख पुगेको छ । कर्जा तथा सापटी १३ प्रतिशतले बढेर रू. १ अर्ब १६ करोड रहेको छ । कम्पनीको निष्क्रिय कर्जा शून्य दशमलव ७३ प्रतिशत रहेको छ । प्रतिशेयर आम्दानी रू. ५१ दशमलव ९४ रहेको छ । कम्पनीले ३२ जिल्लामा ४० ओटा शाखा कार्यालय मार्फत २८ हजार २ सय ६८ विपन्न परिवारको घरमा लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);