कृषि विकासको नाफा १ अर्ब नाघ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कृषि विकासको नाफा १ अर्ब नाघ्यो

krishi bikash bank

काठमाडौं, २४ माघ । चालू आवको दोस्रो त्रैमासमा कृषि विकास बैंक लिमिटेडले रू. १ अर्ब ३६ करोड नाफा कमाउन सफल भएको छ । बैंकको नाफा गत अवको तुलनामा ३२ प्रतिशत बढेको हो । बैंकको वितरण योग्य नाफा ६ प्रतिशतले बढेर रू. १ अर्ब ९ करोड पुगेको छ ।

बैंकको खुद ब्याज आम्दानी ३४ प्रतिशत र सञ्चालन मुनाफा ४१ प्रतिशत बढेपछि नाफा बढ्न पुगेको हो । बैंकको खुद ब्याज आम्दानी रू. ३ अर्ब ५७ करोड पुगेको छ भने सञ्चालन मुनाफा रू. १ अर्व ७८ करोड पुगेको छ । बैंकले रू. १ खर्ब ७ अर्ब कर्जा प्रवाह गरेको छ ।

चालू आवको दोस्रो त्रैमासमा बैंकको चुक्तापूँजी रू. १३ अर्ब ९३ करोड पुगेको छ । जगेडा कोषमा रू. १४ अर्ब २२ करोड रहेको छ । बैंकको निष्क्रिय कर्जा ४ दशमलव ५० प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी रू. २८ दशमलव २५ रहेको छ । यो समाचार आजको अभियान दैनिकमा छपिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);