पोखरा फाइनान्सको नाफा ४ करोड १० लाख | ईमाउण्टेन समाचार

Our Network

असोज २५ २०८३, सोमबार

पोखरा फाइनान्सको नाफा ४ करोड १० लाख

Pokhara-Finance

काठमाडौं, १५ माघ । पुस मसान्तसम्ममा पोखरा फाइनान्स कम्पनीले रू. ४ करोड १० लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासमा रू. ४ करोड ३ लाख थियो । कम्पनीको चुक्तापूँजी रू. ८५ करोड ७२ लाख रहेको छ । गत आवको नाफाबाट कम्पनीले शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर वितरण गरेको छ । ५ प्रतिशत बोनस शेयर वितरण पछि चुक्तापूँजी ८५ करोड पुगेको हो । रिजर्भ कोषमा रू. २९ करोड २ लाख छुट्याएको छ । यो समाचार आजको अभियान दैनिकमा छ ।

पुस मसान्तसम्ममा कम्पनीले रू. ५ अर्ब १८ करोड निक्षेप संकलन गरेको छ भने रू. ४ अर्ब ६३ करोड कर्जा प्रवाह भएको छ । गत आवको तुलनामा निक्षेप ३१ प्रतिशत र कर्जा प्रवाह २५ प्रतिशतले वृद्धि भएको हो । सम्भावित जोखिम बापतको व्यवस्थामा रू. १ करोड १० लाख छुट्याएको छ भने निष्क्रिय कर्जा १ दशमलव १० प्रतिशत रहेको छ । प्रतिशेयर आम्दानी रू. ९ दशमलव ५८, मूल्य आम्दानी अनुपात १४ दशमलव ४१, तरलता अनुपात ३३ दशमलव ७२ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १ सय ३३ दशमलव ८६ रहेको छ ।