Our Network

माघ ६ २०७८, बिहीबार

धितोपत्र बोर्डले आर्थिक वर्षमा ३० वटा कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति

काठमाडौं, ३ माघ । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षमा अहिलेसम्म ३० वटा कम्पनीलाई हकप्रद सेयर  निष्कासन गर्न अनुमति दिएको छ । अनुमति पाएका ३० मध्ये अहिलेसम्म २६ वटा कम्पनीले हकप्रद बिक्री खुला गरिसकेका छन् ।

बाँकीले पनि प्रक्रिया अघि बढाइरहेको छ । बोर्डबाट अनुमति पाएका बाँकी ४ वटा कम्पनीमा १ वाणिज्य बैंक, २ वटा बिमा कम्पनी र १ माइक्रोफाइनान्स कम्पनी रहेका छन् । यी ४ वटा कम्पनीले १ अर्ब ७० करोड ५६ लाख ३२ हजार ४५० रुपैयाँ बराबरको १ करोड ७० लाख ५६ हजार ३२४.५ कित्ता हकप्रद सेयर बिक्री खुला गर्दैछन् । जसमा सबैभन्दा धेरै सिद्धार्थ बैंकले ६८ लाख २६ हजार ११७.१९ कित्ता हकप्रद बिक्री खुला गर्दैछ ।

बैंकले पुस ४ गते १०% हकप्रद बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो । यसअघि सिद्धार्थले गत जेठ २५ देखि असार २८ गतेसम्म १ करोड ५७ लाख ५२ हजार ५७८.१३ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । राष्ट्र बैंकले तोकेको ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पु¥याउने प्रयासमा रहेको यस बैंकले गत वर्षको कमाईबाट १४% बोनस दिने भएको छ ।

बोनसपछि बैंकको चुक्ता पुँजी ७ अर्ब ८० करोड ३२ लाख ४१ हजार ८६० रुपैयाँ पुग्नेछ । त्यस्तै, १०% हकप्रद बिक्रीपछि भने सिद्धार्थको चुक्ता पुँजी ८ अर्ब ४८ करोड ५८ लाख ५३ हजार ५७९ रुपैयाँ पुग्नेछ । सिद्धार्थले निष्कासन गर्ने हकप्रदमा लक्ष्मी क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गर्नेछ ।