सिटिजन्स म्युचुअल फन्डले १ अर्ब रुपैयाँ बराबरको इकाई निष्कासन गर्यो | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

सिटिजन्स म्युचुअल फन्डले १ अर्ब रुपैयाँ बराबरको इकाई निष्कासन गर्यो

काठमाडौं, ३ माघ । सिटिजन्स म्युचुअल फन्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फन्ड–१ ले मंगलबारदेखि १ अर्ब रुपैयाँ बराबरको इकाई निष्कासन गरेको छ । फन्डले प्रतिइकाई १० रुपैयाँ दरको १० करोड इकाई बिक्री गर्न लागेको हो । कुल इकाईमध्ये १५% इकाई कोष प्रवद्र्धक सिटिजन्स बैंकलाई राखेर न्यूनतम ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री हुनेछ । इकाई बिक्री माघ ७ गते बन्द हुनेछ ।

यो अवधिमा आवश्यक मात्रामा इकाई नबिकेमा माघ १७ गतेसम्म बिक्री खुला हुने कम्पनीले जनाएको छ । प्रतिइकाई १० रुपैयाँ दरको यस फन्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम २० लाख इकाईका लागि आवेदन दिन सकिनेछ ।

यसको बिक्री प्रबन्धकको काम सीबीआइएल क्यापिटल लिमिटेडले गरेको छ । आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन फारम भर्न र बुझाउन सकिनेछ । यो योजना ७ वर्षमा परिपक्क हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);